ए डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेलहरु हुँदै

[sharethis-inline-buttons]

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेलहरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् । यो खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराउँदै थ्री स्टार लिगको शीर्ष स्थानमा छ । लिग अन्तर्गत दोस्रो खेलमा आजै सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने ५ बजे हुनेछ । सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १/१ गोलको बराबरी खेलेको थियो । फ्रेन्ड्सले भने गोलरहित बराबरी खेलेको थियो ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार