टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

[sharethis-inline-buttons]

काठमाडाैं ।आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दैछ । खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । हिजो भएको खेलमा कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ । नेपाल ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा छ । मलेसिया २ अङ्क जोडेर चौंथो स्थानमा छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले पर्सि आइतबार युएईसँग खेल्नेछ । ६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार