प्रधानमन्त्री देउवाले बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको हो ।

त्यही अनुसार छलफलका लागि आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने तयारीमा रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । यसअघि गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धारणापत्र बुझाएको थियो ।

त्यही धारणापत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धिकरणको अवधराणका विषयमा छलफल हुने अध्याक्ष श्रेष्ठको भनाइ छ ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार