एमाले महाधिवेशन : विदेशी पाहुना आउने क्रम सुरु

[sharethis-inline-buttons]

काठमाडौं ।नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विदेशी पाहुनाहरु आउने क्रम शुरु भएको छ । आज एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गरि यसपटक ५ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभएको छ ।

भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो । काठमाडौं आइपुगेका केही अतिथिलाई आज राति सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरिने उहाँले बताउनुभयो । भोलीबाट चितवनमा हुने एमाललेको दसौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार