आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

[sharethis-inline-buttons]

काठमाडाैं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ ।दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा आजभएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पुरा ग¥यो ।

नेपालको जितमा इन्दु वर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोड्नुभयो ।कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात लिनुभयो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलज ४ ओभरमा अल आउट हुँदै जम्मा २७ रन जोडेको थियो ।

नेपालले यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको थियो ।कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार