राप्रपा अध्यक्ष पदमा नेता राजेन्द्र लिङ्देनको उम्मेदवारी

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेपालगञ्जका मेयरसमेत रहनुभएका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताउनुभयो । उहाँले आफू पार्टीको अध्यक्ष बने देशमा काँग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताउनुभयो ।राप्रपाको महाधिवेशन मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार