काँग्रेस उपसभापति निधिद्वारा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा

[sharethis-inline-buttons]

काठमाडाैं ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज काठमाडौंको थापागाउँस्थित एक ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी उहाँले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनको क्रममा उहाँले विगतको पृष्ठभूमि र नेतृत्त्वदायी अनुभवको चरणमा आफूले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा प्रस्तुत गरेको भन्दै परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उपसभापति निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने र काँग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार