प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन माग गर्दै वकिलसहित नागरिक समाजको प्रदर्शन

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन माग गर्दै कानुन व्यवसायीसहित विभिन्न पेसागत संस्था र बृहत्त नागरिक आन्दोलनले प्रदर्शन गरेका छन् । आन्दोलनले प्रधानन्यायाधीमाथि महाभियोग लगाउन र उहाँको सम्पत्ति छानबिन गर्न माग गर्दै आज ‘न्याय–मार्च’गरेको हो ।

विभिन्न पेसागत सङ्गठनहरूको अगुवाइमा सर्वोच्च–बालुवाटार न्याय मार्च सुरु गरिएको हो ।‘न्याय मार्च’मा नेपाल पत्रकार महासङ्घ, शिक्षक महासङ्घ, इन्जिनियर्स एशोसिएसन, जनस्वास्थ्य सङ्घ, आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता थियो ।

सर्वोच्च अदालत अगाडिबाट सुरु भएको ‘न्याय मार्च’ माइती घर मण्डला–भद्रकाली–सडक–रत्नपार्क हुँदै बालुवाटार पुगेको थियो ।सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका छन् ।सुरुमा सर्वोच्च अदालतमा केन्द्रित रहेको बारको आन्दोलन विस्तार भएर देशभरका अदालतमा पुगिसकेको छ ।


प्रकाशित : २०७८ मंसिर ९ बिहीबार