
काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नु भएको छ । बिहीबार लिङ्देनले एक कार्यक्रमका बिच अध्यक्षमा उम्मेदवारीमा घोषणा गर्नु भएको हो ।उहाँको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।यसअघि लिङ्देन कमल थापानिकट थिए ।अहिले राप्रपामा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र थापा अध्यक्ष छन् । तीनै जना यसपटक पनि अध्यक्षबा दाबेदार हुन् ।
पुस्ता परिवर्तन साथै जनजातिले अध्यक्षमा दाबी गरिनुले राप्रपामा तरंग पैदा भएको छ ।काठमाडौँमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५०० प्रतिनिधि छनोट भइसकेका छन् ।
प्रकाशित : २०७८ मंसिर ९ बिहीबार