
काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आज पूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो ।
आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ । प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।
प्रकाशित : २०७८ मंसिर ९ बिहीबार