देउसीबाट उठेको रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण

[sharethis-inline-buttons]

धरान । गएको तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट धरान–६ का टेम्पो व्यवसायीहरुले स्थानीय विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । धरान–६ पानवारीका स्थानीय टेम्पो व्यवसायीहरुको कम्पनी सेरा यातायात प्रालिले देउसी खेलेर संकलन गरेको रकमबाट सरस्वती मावि पानवारीका ७१ जना र रणदेवी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर वितरण गरेका हुन् ।

प्रालिका अध्यक्ष सुरेन्द्र कुँवरका अनुसार देउसी भैलेबाट उठेको रकममा थप सहयोग जुटाएर विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको थियो । जसका लागी प्रालिका अध्यक्ष आफैले १० थान स्वीटर, सहसचिव सुमन दाहालले १० थान, स्थानीय लोकेन्द्र पौडेलले २० थान र स्थानीय अशोक तामाङ ११ थान स्वीटर उपलब्ध गराएका थिए । जाडोको समयमा विद्यार्थीहरुलाई विद्यालय जान समस्या हुने गरेकोले जाडो मौसम सुरु हुन लाग्दा नै स्वीटर वितरण गरिएको प्रालिका अध्यक्ष कुँवरले बताए ।


प्रकाशित : २०७८ मंसिर ८ बुधबार