श्रीलंकामा डुंगा दुर्घटना, कम्तीमा ५ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

८ मंसिर,काठमाण्डौ ।श्रीलंकामा डुंगा पल्टिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । १२ जनाको सकुशल उद्धार गरिएको छ भने दर्जनौ बेपत्ता भएका छन ।

हराएका अन्य ब्यक्तीहरुको भने खोजी भैरहेको प्रवक्ता क्याप्टेन इन्डिका डे सिल्भाले जानकारी दिनुभएको छ ।

डुंगामा कति जना सवार थिए भन्ने बारे यकिन तथ्याङ प्राप्त हुन सकेको छैन । मृतकमध्ये चार बालबालिका ,एक प्रहरी र अस्पतालका कर्मचारीहरु रहेको बताईएको छ । डुंगा कुरिन्चाकेनीबाट पूर्वी तटमा रहेको किनिया सहर र राजधानी कोलम्बोबाट करिब २६० किलोमिटर ९१६० माइल० उत्तरपूर्वमा गइरहेका बेला दुर्घटना भएको हो ।

गोताखोरसहित नौसेनाका आठ टोलीले बेपत्ता व्यक्तिहरुको खोजी गरिरहेका छन ।दुर्घटनाको कारण खुल्न सकेको छैन ।


प्रकाशित : २०७८ मंसिर ८ बुधबार