उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना

[sharethis-inline-buttons]

काठमाडौं । आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

ठूलो पानी पार्ने वा भारी हिमपात गराउने प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले आज देशका थोरै ठाउँमा हल्का पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै राति देशका पहाडी भूभागहरुमा आंंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति बादल लागेसँगै बिहानको तापक्रम घटेको छ ।


प्रकाशित : २०७८ मंसिर ८ बुधबार