आईसिसी महिला टी—२० विश्वकपको एसिया छनोटमा नेपाल

[sharethis-inline-buttons]

काठमाडौं । भुटानलाई ८ विकेटले पराजित गरेसँगै आईसिसी महिला टी—२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८।३ ओभरमा पूरा गर्दै छनोटमा पहिलो जित निकालको हो । दुबईमा जारी छनोटमा नेपाललाई जित दिलाउन इन्दु बर्माले अविजित १८ रनको योगदान गरिन् ।

ओपनिङमा आएकी इन्दुले २४ बलमा २ चौकासहित १८ रन बनाउँदा अर्की ओ‌पनर सिता राना मगर १३ बलमा १७ रन बनाएर पेभेलियन फर्केकी थिइन् । यस्तै कप्तान रुबिना क्षेत्री १० रन बनाएर आउट हुँदा विता जोशी ८ रनमा अविजित रहिन् । भुटानका लागि टासी छेकीले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पाल्दोमले ११ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालका लागि सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् ।

नेपालले बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार