संखुवासभा । समाज विकास केन्द्र (सोडेक) द्धारा स्वास्थ्य अधिकार लैंगिक हिंसा तथा सुरक्षित गर्भपतन सेवा मौलिक अधिकारको सुनिश्चितताको लागि सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार खाँदबारीमा सम्पन्न कार्यक्रम सोडेकको आयोजना, आइपास नेपालको सहयोग तथा स्वास्थ्य कार्यालय संखुवासभाको संयोजनमा सम्पन्न भएको हो ।
कार्यक्रममा आइपास नेपालका कार्यक्रम संयोजक लक्ष्मण केसीले सुरक्षित गर्भपतनको क्षेत्रमा आइपासले गरिरहेको भूमिकाको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै सोडेकका कार्यक्र अधिकृत कमानसिं राईले जिल्लामा सुरक्षित गर्भपतनको तथ्यांक, संस्थाको भावी योजना, चुनौंती, कार्यक्रमको उपलब्धी लगायतको बिषयमा प्रस्तुति राखेका थिए । उनले भने सुरक्षित गर्भपतन निशुल्क सेवा भएपनि सुरक्षित गर्भपतन गराउनेहरुको संख्या घटिरहेकोले यसमा गम्भीर बन्नु पर्ने आग्रह गरे । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।