काठमाडौं -। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको प्राथमिकताहरु सार्वजनिक गरेका छन् । पौडेले मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
मन्त्रीले सार्वजनिक गरेको मन्त्रालयको प्राथमिकताको पहिलो बुँदामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने जनाएको छ ।
त्यस्तैगरी कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रङ्गिन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षकको पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने लगायतका बुँदाहरु राखिएका छन् ।
मन्त्री पौडेलले सार्वजनिक भएका कार्ययोजनाहरुलाई कार्यन्वयन गरी शिक्षाको गुणस्तरीयता उकास्ने बताए । चीनमा पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा सरकारले लिने मन्त्री पौडेलले बताए ।
उनले भने, ‘चाइना पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा हामी लिन्छौं । २०१४(०१५ ब्याचको समस्या हल भएको छ । २०१६ ब्याचको समस्या हो त्यसको समाधान हुन्छ । तयारी गरिरहेका छौं ।’ शैक्षिक शत्र खेर जान नदिने र लोकप्रियभन्दा पनि गर्न सक्ने काम सरकारले गर्ने उनको भनाइ छ ।