
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।
‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने,’ ओलीले भने, ‘उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।’
प्रकाशित : २०७८ मंसिर ७ मंगलवार