माधव नेपालले नेतृत्व गरेको गुटलाई पार्टी मान्‍न सकिँदैन : ओली

[sharethis-inline-buttons]

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनमा पार्टीका रूपमा बोलाउन नसकिने बताएका छन् । साथै कोही व्यक्तिलाई एमालेले नबोलाएको उनको भनाइ छ ।

सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा मंगलबार ओलीले भने, ‘माधव नेपाललाई र माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई पार्टी भनेर मान्न सक्ने स्थिति रहेन । पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहेन । व्यक्ति व्यक्ति छानेर निमन्त्रणा गरेका छैनौं ।’

अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताए ।


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार