नेपाली काङग्रेस भोजपुरको सभापतिमा विनोद बान्तावा

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काङग्रेस भोजपुरको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । काङग्रेसको १४ औँ महाधिवेशनबाट बान्तावा सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका लागि विनोद बान्तावा, नन्दमणी राई र बालकृष्ण थापा प्रतिस्पर्धामा रहेको थियो ।

अन्तिम मत परिणामअनुसार बान्तावाले ४१५, राईले ३९२ र थापाले ३६० मत ल्याएका थिए । बान्तावा ४१५ मत ल्याएर पहिलो बनेका थिए भने नन्दमणि राई ३९२ मत ल्याएर दोश्रो बनेका थिए ।

तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोश्रो मत ल्याउने बीच निर्वाचनका हुने अवस्था थियो । तर निर्वाचनमा नगएर सहमतिको आधारमा बान्तावा सभापति बनेको काङग्रेसका एक नेताले बताए । जम्मा एक हजार २ सय २७ मतमा एक हजार १ सय ६७ मत सदर भएको छ भने ६० मत बदर भएको थियो ।


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार