सुवास नेम्वाङले एमाले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् ।

दावानलसँगको संक्षिप्त कुराकानीमा नेम्वाङले आसन्न महाधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने बताएका हुन् । साथै उनले आफु सर्वसहमतिको पक्षमा रहेको समेत बताएका छन् । उनले उम्मेवारीको विषयमा आफु निकटका नेताहरूसँग छलफल समेत सुरु गरेका छन् ।

‘म सर्व सहमतिको पक्षमा छु । यदि निर्वाचन हुनेभयो भने मैले पनि उम्मेदवारी दिनेछु । अहिलेसम्म साथीभाइले तपाईँ वरिष्ठमा उठ्नुपर्छ भनेका छन्। मेरो पनि इच्छा त्यही हो ।’ नेम्वाङले भने ।

 


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार