बुल्गेरियामा गुडिरहेको बसमा आगलागी, ४६ जनाको मृत्यु

[sharethis-inline-buttons]

७ मंसिर,काठमाण्डो ।बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । पश्चिमी बुल्गेरियाको राजमार्गमा पर्ने उत्तरी म्यासेडोनियन प्लेट नजिकै भएको उक्त आगलागीमा परी ४६ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।

उक्त बसमा ५३ जना यात्रु रहेकोमा अन्य घाईतेको उद्धार पश्चार उपचार भैरहेको छ । ज्यान गुमाउनेमा अधिकांस बालबालिकाहरू रहेका छन । आगलागीमा परेर जलेका सात जनालाई राजधानी सोफियाको अस्पतालमा लगिएको आन्तरिक मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले जानकारी दिुनुभयो ।

बुल्गेरियाका अन्तरिम प्रधानमन्त्री स्टेफान यानेभ घटनास्थलमा पुग्नुभएको छ ।


प्रकाशित : २०७८ मंसिर ७ मंगलवार