
७ मंसिर,काठमाण्डौ ।कंगोको उत्तरपूर्वी प्रान्त इटुरीमा बिद्रोही समुहले १२ सर्बसाधरणको हत्या गरेका छन ।कङ्गोको विकासको लागि सहकारी (कोडेको) समूहका लडाकुहरूले ड्रोद्रो गाउँमा छापा मारेर छ बालबालिका, चार पुरुष र दुई महिलाको हत्या गरेको इतुरीको सैन्य सरकारका प्रवक्ता जुलेस एनगोन्गोले बताए।
संयुक्त राष्ट्रसंघका अनुसार इटुरी प्रान्तको जुगु क्षेत्रमा सन् २०१७ यता कोडेकोले गरेको आक्रमणबाट सयौं नागरिकको ज्यान गईसकेको छ भने हजारौंमानिस आफ्नो घर छोड्न बाध्य भएका छन । यी लडाकुहरू मुख्यतया हेमा गोठालाहरूसँग लामो समयदेखि द्वन्द्वरत रहेको लेन्डु खेती गर्ने समुदायबाट आएका हुन्। उनीहरूले ड्रोद्रोमा विस्थापित भएको समुदायलाई निशाना बनाउँदै आएका छन ।