
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले पराजित गरेको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।