
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा सोमबार साँझ भिषण आगलागी भएको छ । आगलागीमा परी तीन बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा रहेको मकैको ढोड र सुकेको नलमा आगो सल्किएको थियो ।
प्रकाशित : २०७८ मंसिर ७ मंगलवार