एमाले स्‍थायी समिति बैठक सर्‍यो

[sharethis-inline-buttons]

काठमाडौं – सोमबार बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए ।

निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।


प्रकाशित : २०७८ मंसिर ६ सोमबार