
६ मंसिर,काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । हिजो तोलामा ७ सयले घटेर ९३ हजार ७ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज तोलामा दुईसयले बढेर ९३ हजार ९ सय रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज बढेको छ हिजो १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर ६ सोमबार