सोमबार पनि प्रधानन्यायाधीश जबराले नै तोके पेसी

[sharethis-inline-buttons]

काठमाडौं ।सोमबारका लागि पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै पेसी तोकेका छन् । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् । प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।

गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा लागु हुन सकेको छैन ।

 


प्रकाशित : २०७८ मंसिर ६ सोमबार