आगलागीबाट पोखराको लेकसाइडका पाँच पसलमा क्षति

[sharethis-inline-buttons]

६ मंसिर,काठमाण्डौ ।पोखराको फेवाताल किनारमा भिषण आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएको छन् । आज बिहान ३ बजेदेखि देखि लागेको आगो करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले जानकारी दिनुभयो ।

आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको भएपनि क्षतिको विवरण संकलन भईरहेकाले थप बिबवरण आउन केहि समय लाग्ने उहाँले बताउनुभयो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिए पनि थप कारण खुल्न सकेको छैन ।


प्रकाशित : २०७८ मंसिर ६ सोमबार