
काठमाडाैं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र एनआरटीबीचको खेल ४: ४५ बजे सुरु हुनेछ ।
प्रकाशित : २०७८ मंसिर ६ सोमबार