
काठमाडौं । न्यायालयमा देखिएको विवाद निरुपणबारे ठोस धारणा तय गर्न माग गर्दै नेपाल बार एशोसियसनले आज दलहरूलाई ध्यानाकर्षणपत्र दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै तीन सातादेखि आन्दोलनरत बारले संसद्मा रहेका सबै दलहरूलाई ज्ञापनपत्र बुझाउने महासचिव लीलामणि पौडेलले बताउनुभयो ।
दलहरूले यो विवाद न्यायालयबाटै समाधान होस् भन्ने आफूहरूको अपेक्षा रहेको बताउँदै आएका छन् । गत कात्तिक ३० मा बसेको सत्तागठबन्धनको बैठकले सर्वोच्च अदालतको तनाव यथाशीघ्र निरुपण हुनुपर्ने बताए पनि समाधानको विकल्प भने दिएको थिएन । प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म आन्दोलन नरोक्ने बारले बताउँदै आएको छ ।
प्रकाशित : २०७८ मंसिर ६ सोमबार