एमसीसी खारेजीको माग गर्दै धरानमा विरोध

[sharethis-inline-buttons]

धरान । विभिन्न समयमा अमेरिकाका उच्च अधिकारीहरुले एमसिसि लागु गर्न दबाब दिदै आइरहेका बेला धरानमा भने एमसिसि खारेजीको माग गर्दै विरोध सभा गरेका छन् ।

‘सचेत स्वतन्त्र अभियान, राष्ट्रिय एकता सञ्जाल’ धरानले एमसिसि विरुद्ध ¥याली र विरोधसभा गरेको हो । धरान १८ स्थित बुद्धचोकबाट शुरु भएको ¥याली भानुचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोधसभामा सामाजिक अभियन्ता हर्क साम्पाङले जनताले एमसिसि नचाहेको तर सरकार भने जर्बजस्ती लागु गर्न खोजिरहेको बताए ।

उनले एमसिसिको राष्ट्रघाती बुँदाहरु खारेज गर्नुपर्ने बताए । उनले भने, ‘अमेरिकाले एमसिसिको माध्यमबाट नेपालभित्रै अलग्गै देश र कानुन भएको प्रमाणित गर्न खोजिरहेको छ, साथै, भारतको अधिनमा नेपाललाई पु¥याउन सक्ने भएकाले कुनै पनि हालतमा लागु हुन सक्दैन ।’


प्रकाशित : २०७८ मंसिर ६ सोमबार