उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

[sharethis-inline-buttons]

काठमाडौं । आज प्रदेश नं १ बाहेका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

दिउँसो स्थानीय वायुको प्रभावले प्रदेश १ को पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको समेत संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

 


प्रकाशित : २०७८ मंसिर ६ सोमबार