
काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बैतडी सदरमुकाम गोठालापानीबाट त्रिपुरासुन्दरीका लागि छुटेको जन्ती बोकेको म १ ज ३१० नम्बरको बोलेरो जीप कलुवामोडमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । प्रहरी घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको छ ।
प्रकाशित : २०७८ मंसिर ५ आईतवार