तामाङ पत्रकार संघ प्रदेश नम्बर १ काे अध्यक्षमा माेहन तामाङ

[sharethis-inline-buttons]

भोजपुर– तामाङ पत्रकार संघ प्रदेश नं. १ को अध्यक्षमा तामाङ निर्वाचित भएका छन् । आईतबार भएको प्रदेश नं. १ को दास्रो अधिवेशनबाट तामाङ सर्वसहमत निर्वाचित भएको हो । तामाङको नेतृत्वमा १३ सदस्यीय समिति गठन भएको छ ।

अध्यक्षमा तामाङ साथै उपाध्यक्षमा मकर तामाङ, महिला उपाध्यक्षमा दिल कुमारी तामाङ, सचिवमा अमित तामाङ, सह सचिवमा जेबि लामा र कोषाध्यक्षमा रेनुका तामाङ सर्वसहमत निर्वाचित भएका छन् । सदस्यहरुमा शारदा तामाङ, तिलक तामाङ, पाल्देन तामाङ, अमिस तामाङ, अनुप तामाङ, सनम तामाङ र जनु तामाङ निर्वाचित भएका छन् ।

साथै तामाङ पत्रकार संघ प्रदेश नं. १ को सल्लाहकार समितिमा निर्वतमान अध्यक्ष सन्तविर लामाको संयोजकत्वमा ५ सदस्यी समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा संयोजक लामा साथै सदस्यहरुमा निरन तामाङ, डिकेश लामा, इश्वर लामा र बिना तामाङ चयन भएको छ ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार