
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।
त्यस्तै आज ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर ५ आईतवार