
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताइएको छ ।
रावलका सहयोगी एकिन्द्र कुँवरका अनुसार रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थाले छन् । एमालेको १० र्औ महाधिवेशन आगामी मंसिर १०–१२ सम्म चितवन हुँदैछ । यस अघि पार्टीका बर्तमान अध्यक्ष ओली पक्षीय नेताहरूले सर्वसम्मत ओली नै अध्यक्ष बन्ने बताउँदै आएका थिए । उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने भएसँगै ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
प्रकाशित : २०७८ मंसिर ५ आईतवार