१६ केजी गाँजा सहित मोरङबाट एक जना पक्राउ

[sharethis-inline-buttons]

काठमाडौं । मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो ।

गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्दराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार