युरोपमा लकडाउन विरूद्ध प्रदर्शन, हिंसा भड्किने डर

[sharethis-inline-buttons]

५ मंसिर,काठमाण्डौ ।युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि लागाईएको निषेधाज्ञाबिरुद्ध सर्बसाधरणले अबज्ञा गर्न थालेपछि हिंसा भड्किन थालेको छ । लकडाउनबिरुद्ध नागरिकहरुले नाराबाजी सहित प्रदर्शन गर्न थालेपछि नेदरल्याण्ड्समा प्रहरीले गोली चलाएको छ ।

आक्रोशित भिडले प्रहरीमाथी ढुङ्गामुडा र प्रहरी चौकीमा आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाउँदा ७ जना घाईते भएका छन । नेदरल्यान्ड्समा गएराती धेरै शहरहरूमा भएको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीहरुले आगजनी गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन घोडा, कुकुर र लाठीको प्रयोग गरेका छन।

नेदरल्यान्ड्समा गएराती धेरै शहरहरूमा भएको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीहरुले आगजनी गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन घोडा, कुकुर र लाठीको प्रयोग गरेका छन।

अधिकारीहरूक अनसार स्थिती नियन्त्रणमा आउन नसकेपछि प्रमुख शहरहरुमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ भने सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।अस्ट्रिया, क्रोएसिया र इटालीमा पनि लकडाउन बिरुद्ध हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार