काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् ।
सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् । आइतबारको विरोध प्रदर्शनमा सहभागीहरुले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका थिए । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
प्रकाशित : २०७८ मंसिर ५ आईतवार