५ मंसिर,काठमाण्डौ ।सुनसरीको दुहबी नगरपालिका १२ मा गएराती मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
एक जना घाइते भएका छन् । मृत्यु हुनेमा साइकलमा पछाडी सवार गढी गाउँपालिका ५ का ३३ वर्षीय हरि ऋिषिदेब रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाइते भएका साइकल चालक २९ वर्षीय रघुनन्द ऋषिदेबको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश १, ०२, ०४६ प ७७ ३५ नम्बरको मोटरसाइकलले उनीहरु सवार साइकललाई गएराती १० बजे ठक्कर दिएको हो । मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी शुक्रबारेले जनाएको छ ।
यता दाङको लमही नगरपालिका ३ नारायणपुरमा गएराती बस दुर्घटना हुदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ आउँदै गरेको कर्णाली प्रदेश ०२, ००१ ख ०२ १९ नम्बरको बस गएराती पौने २ बजे पट्टा भाचिएर अनियन्त्रित भइ पल्टिएको हो । घाइते मध्ये बसमा सवार काठमाण्डौका २७ वर्षीय आयुष कुमार लामा, सुर्खेतकी ३२ वर्षीया लक्ष्मी शर्मा, कालिकोटका २१ वर्षीय बम बहादुर शाही र मुगुका २८ वर्षीय धर्मराज जैसीको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि लमही अस्पताल लगिएको छ । बस चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।