लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

[sharethis-inline-buttons]

काठमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते भएकामधये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ भने अन्य २२ जना सामान्य घाइते भएका छन् । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाँके पठाइएको छ ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार