थप २४२ जनामा कोरोना संक्रमण पुष्टि

[sharethis-inline-buttons]

काठमाडौं – पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३०३ रहेको छ ।


प्रकाशित : २०७८ मंसिर ४ शनिबार