२४ माघ, काठमाण्डौ । विश्वमा असंख्य गुफाहरु छन्, ति मध्ये कतिपय गुफाहरु निकै विचित्र र रहस्यमयी छन् । गुफाहरुमा नि कुन गुफा ठूलो होला त रु जिज्ञास हुन सक्छ ।
संसारको सबैभन्दा ठूलो गुफा भियतनामको जंगलमा अवस्थित छ । गुफाको नाम सोन डोंग हो । सोन डोंग गुफाको कूल लम्बाई ९ किलोमिटर छ । त्यसभित्र पनि भिन्न भिन्न डेढ सय गुफाहरु समेटिएका छन् । गुफाभित्र नदी र जंगलको समिश्रण छ ।यो गुफा यति ठूलो छ कि त्यसभित्र ४० तले अग्ला भवनहरु बनाउन सकिन्छ ।
लाखौँ वर्षअघिको यो गुफा पहिलोपटक सन् २०१३ मा पर्यटकहरुका लागि खोलिएको हो । यो गुफामा हरेक वर्ष केवल अढाई सय देखि ३ सय जना सम्मलाई मात्र प्रवेश दिइन्छ ।
सन् १९९० मा हो खानह नामका स्थानीय व्यक्तिले यो गुफा पत्ता लगाएको बताउँछन । ब्रिटिस रिसर्च एसोसिएसनले पहिलो पटक सन् २००९ मा विश्व माझ सो गुफालाई परिचित गराएका थिए । भियतनामको पर्खाल भनिने २ सय मिटर अग्लो पर्खाललाई सन् २०१० मा वैज्ञानिकहरुले पत्ता लगाएपछि मात्र गुफा भित्र जाने बाटो भेटिएको थियो ।
पहिलोपटक पर्यटकहरुका लागि सन् २०१३ मा यो गुफा खोलिएको थियो । गुफा प्रवेश शुल्क मात्र ३ लाख रुपैयाँ भन्दा बढि रहेको छ ।गुफाभित्रको नदीकमा जलस्तर बढने हुनाले पर्यटकहरु अगष्ट महिना अगावै गुफामा प्रवेश गरेर निस्की सक्नुपर्दछ । गुफाभित्र हेर्न जाने पर्यटकहरुले छ महिनाको तालीम लिएर पास भएपछि मात्र जाने ब्यवस्था छ ।