
काठमाडौं । करिव ३ वर्ष अघि ‘रकस्टार’ नामक एल्वम सार्वजनिक गरेर चर्चा कमाएका गायक सुदिप कुमार थकालीले सोहि एल्वम भित्र संग्रहित गीत ‘एक बचन बोल्दैमा’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।
विगत एक दशक देखि जापानमा बस्दै आएका गायक थकाली शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त छन्। यसअघि उनले ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’, बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। नयाँ गीतलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। हाल सम्म म्युजिक भिडियोलाई १ लाख बढी दर्शकले हेरिसकेका छन्।