
काठमाडौं । रौटहटको एक ग्यारेजमा रहेको ट्याङ्की पड्किँदा एक जनाको ज्यान गएको छ । भने एक जना घाइते भएको छन् । कटहरिया बजारस्थित मोटर ग्यारेजमा रहेको हावा भर्ने ट्याङ्की पड्किँदा सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षका छोरा समसुल मियाँको मृत्यु भएको हो ।
अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा २५ वर्षका जैसी यादव घाइते हुनुभएको छ । उहाँको दाहिने हातमा गम्भीर चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित : २०७८ मंसिर ४ शनिबार