न्युजिल्याण्डसँगको टी–ट्वान्टी सिरिज भारतलाई

[sharethis-inline-buttons]

काठमाडाैं ।  भारतले न्युजिल्याण्डसँगको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । राँचीमा हिजो भएको दोस्रो टी–ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अघिनै सिरिज आफ्नो पक्षमा पारेको हो । जितसँगै तीन खेलको सिरिजमा भारतले २–० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।


प्रकाशित : २०७८ मंसिर ४ शनिबार