मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ

[sharethis-inline-buttons]

काठमाडौं । मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आशिंक प्रभावले गत बुधबारदेखि नै देशका धेरै ठाउँको मौसम पूर्ण रुपमा खुलेको छैन । यसको प्रभाव अझै केही दिन रहने भएकाले मौसम पूर्ण रुपमा खुल्न केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपात पनि हुने देखिएको उहाँको भनाइ छ । दिनभरी मौसम पूर्ण रुपमा नखुल्ने र पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने भएकाले दिउँसोको अधिकतम तापक्रम पनि घटेर चिसो महशुस हुने मौसमविद् मानन्धरले बताउनुभयो ।


प्रकाशित : २०७८ मंसिर ४ शनिबार