
काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन देशभरका ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ ।
जसअनुसार वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।
प्रकाशित : २०७८ मंसिर ४ शनिबार