
काठमाडौं – अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरको जिम्मा लगाउने निर्णय गरेको छ ।
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको अनलाइनखबरसँग पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।
प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार