माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

[sharethis-inline-buttons]

काठमाडौँ – सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुसार निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारलाई माघको दोस्रो साताभित्र निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार